बीपी प्रतिष्ठानका प्रा‍.डा‍. सञ्जीवकुमार शर्मा विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा समावेश

आइतबार, ३० कार्तिक २०८२

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु र मिर्गौला रोग विशेषज्ञ प्रा‍.डा‍ सञ्जीवकुमार शर्मा विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा समावेश भएका छन्।

अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा तयार गरेको वार्षिक ‘ग्लोबल वैज्ञानिक प्रभाव र्‍याकिङ’ सूचीमा नेपालका ३१ जनामध्ये प्रा.डा. शर्मा पनि छनोट भएका हुन्।

उनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा सर्पदंशसम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आएका छन्। करिब २५ वर्षअघिदेखि निरन्तर स्वास्थ्य अनुसन्धानमा सक्रिय रहेका प्रा.डा शर्मा उपचार पद्धति र चिकित्सकीय ज्ञानलाई प्रभावकारी बनाउने काममा केन्द्रित छन्।

स्कोपस डाटाबेसका आधारमा तयार हुने यो सूची विश्वभरका प्रभावशाली वैज्ञानिकहरूको वार्षिक मूल्यांकन हो। अनुसन्धान उत्पादन, उद्धरण दर र बिब्लियोमेट्रिक प्रभावका आधारमा स्ट्यानफोर्ड–एल्सेभियर टोलीले सूची तयार गर्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार