चन्दा सङ्कलनदेखि राजधानी याङ्गुनमा पिउने पानी, खाना र चिकित्सा सामग्रीहरू लगायत राहत सामग्रीहरू व्यवस्थापन भइरहेको छ ।
याङ्गुनमा बसोबास गर्ने धेरै विदेशी चिनियाँहरूले मन्डलेमा उद्धार टोलीहरूलाई एन्टिसेप्टिक्स, पन्जा र मास्क जस्ता अत्यावश्यक सामग्रीहरूको पु¥याउन रातभर १० घण्टाभन्दा बढी गाडी चलाएका थिए। धेरै रेस्टुरेन्टहरूले उद्धारकर्मीहरूलाई निःशुल्क खाना प्रदान गरेका थिए।
सडकहरूमा गम्भीर क्षति भएका कारण मन्डलेको यात्रा चुनौतीपूर्ण भएको छ, केही मार्गहरूले सामान्य सात घण्टाको सट्टा १० घण्टाभन्दा बढी समय लिएका छन्।
त्यस्तै यता, ७।७ म्याग्निच्युडको भूकम्प गएको ६५ घण्टाभन्दा बढी समयपछि, चिनियाँ उद्धारकर्ताहरूले सोमबार स्थानीय समय अनुसार बिहान ६ः२० बजे मन्डलेबाट एक गर्भवती महिलालाई बाहिर निकालेका छन्। त्यस्तै, मन्डलेस्थित स्काई भिल्ला कन्डोमिनियमको भग्नावशेषबाट चिनियाँ उद्धार टोलीले एक सानो बच्चालाई सफलतापूर्वक बाहिर निकालेका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा चिनियाँ उद्धार टोली सबैभन्दा बढी सक्रिय भइरहेको छ । मन्डले सहरमा सोमबार चीनको राष्ट्रिय उद्धार टोलीले भत्किएको होटेलको भग्नावशेषबाट एक महिलालाई पनि जीवितै निकालेको थियो । पाँच घण्टाको अपरेशनपछि ग्रेट वाल होटेलको भग्नावशेषबाट जीवित महिलालाई निकालिएको थियो।
प्रतिक्रिया