प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना

सोमबार, १८ चैत्र २०८१
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिले १६ औं राष्ट्रिय महाधिवेशनबाट निर्दिष्ट १३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। चैत्र २६ र २७ गते सम्पन्न महाधिवेशनपछि चयन भएका नयाँ नेतृत्वले आगामी तीन वर्षका लागि यो कार्ययोजना अघि सारेको हो। प्याब्सनले गुणस्तरीय तथा प्रतिस्पर्धी शिक्षाको प्रवर्द्धन, निजी विद्यालयको लगानी सुरक्षण, शिक्षक तथा कर्मचारीहरूको सेवा सुविधा सुधार, बाल शिक्षामैत्री वातावरण निर्माण, अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको निरन्तरता, उच्च शिक्षा अध्ययनका लागि विदेश पलायन रोकथाम, छात्रवृत्ति कार्यक्रम प्रभावकारी बनाउने जस्ता विषयमा विशेष ध्यान दिने जनाएको छ। यसैगरी, संसदमा छलफलमा रहेको शिक्षा विधेयकमा निजी विद्यालयलाई कम्पनीको रूपमा कायम राख्न पहल गर्ने, पढ्ने संस्कृतिको प्रवर्द्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, शिक्षक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने, सर्वोच्च अदालतको छात्रवृत्ति सम्बन्धी आदेश कार्यान्वयनका लागि समन्वय गर्ने तथा निजी विद्यालयहरूको गुणस्तर सुनिश्चित गर्न आवश्यक मापदण्ड तयार पार्ने कार्ययोजनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार