विराटनगर । झापाको मेचीनगर नगरपालिका-५ नकलबन्दा स्थितमा इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत दार्जिलिङ नक्सालवाडीका २० वर्षीय विकास बैठा र झापा दमक नगरपालिका-१ का ३६ वर्षीय नगेन्द्र बस्नेतलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ ।
त्यसैगरी उदयपुर कटारी नगरपालिका-४ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा प्रदेश २-०१-००१ ह ११२६ नम्बरको अटोलाई चेकजाँचको क्रममा ३५ किलो ८ सय ५० ग्राम गाँजा बरामद गरेकोले गाँजा सहित चालक उदयपुर कटारी-५ का प्रेम बहादुर श्रेष्ठ लाई नियन्त्रणमा लिएको छ ।
लागू औषध गाँजा र ब्राउन सुगर सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया