एनपीएलमा विराटनगर किङ्ग्सलाई नेमाटो टायल्सको साथ

आइतबार, ३० कार्तिक २०८२

विराटनगर : सोमबारबाट हुने नेपाल प्रिमियर लिगमा सहभागी रहेको विराटनगर किङ्ग्सलाई नेमाटो टायल्सले एशोसिएट स्पोन्सर्ड गर्ने भएको छ। सुनसरीस्थित सोनापुरमा शनिबार आयोजित कार्यक्रममा टायल्सकातर्फबाट जयस लुनिया र किङ्ग्सबाट अनुज पोद्धारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

एशोसिएट स्पोन्सर्ड रकम र समयवधि भने खुलाइएको छैन। सम्झौता हस्ताक्षर कार्यक्रममा किङ्ग्सका मालिकमध्येका एक पारस लुनियाले दोस्रो संस्करणका लागि टोली बलियो बनेको दाबी गरे। भारतको मुम्बईमा समेत केहीसमय प्रशिक्षण गरेको बताउँदै उनले टोलीमा विदेशीसहित अनुभवी खेलाडीको उपस्थिती रहेको बताए।

नेपाली क्रिकेटको विकासमा नीजि क्षेत्र तयार रहेको बताउँदै उनले सरकार भने क्रिकेटको विकासमा उदासिन रहेको गुनासो गरे। तीन तहको सरकारसमक्ष मैदान उपलब्ध गराउन पटक पटक माग गरेपनि सरकार उदासिन हुँदा क्रिकेटका लागि विराटनगरमा राम्रो मैदान निर्माण गर्न नसकिएको उनको भनाई छ।

यद्धपि, एनपिएलको पहिलो संस्करणको उत्साहसंग सरकारलाई काठमाडौंको कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालयमा फ्लड लाइट्ससहित मैदान निर्माण भएको लुनियाले बताए। त्यसैगरि, कार्यक्रममा टायल्सका सञ्चालक जयस लुनियाले गृहनगरको टोलीलाई साथ दिन पाउनु आफैमा सुखद भएको बताएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार