मङ्गलवार पनि घट्यो सेयर बजार

मंगलबार, १९ चैत्र २०८१
काठमाडौँ । मङ्गलवार पनि सेयर बजार घटेको छ । जसअनुसार मङ्गलवार सेयर बजार परिसूचक नेप्से १५.५७ अङ्कले घटेर २६७७.५५ विन्दुमा पुगेर रोकिएको छ । तर, आज झन्डै पौने ६ अर्बको सेयर किनबेच भने भएको छ। जसअनुसार कुल १ करोड ६ लाख कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार भने ५ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा ४२ वटा कम्पनीको सेयर बढ्दा २०१ वटा कम्पनीको भने घटन पुगेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार