इलाम : जबरजस्ती करणीको आरोपमा इलामबाट दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार इलाम नगरपालिका-४, बरबोटेका २२ वर्षीय दिपेश नेपालीलाई पक्राउ गरिएको हो।
उनले एक महिलालाई प्रलोभनमा पारेर, डरत्रास देखाएर पटक–पटक जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय इलाम र अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेबाट खटिएको टोलीले गाउँमै लुकीछिपी बसेको अवस्थामा नेपालीलाई पक्राउ गरेको हो। पक्राउ परेका उनलाई जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, अर्का एक जना जबरजस्ती करणी आरोपित पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका-६, तोरीबारीका ५१ वर्षीय यमबहादुर विश्वकर्मा छन्। उनले एक महिलालाई पसलबाटै धम्की दिएर जबरजस्ती करणी गरेको बताइएको छ।
प्रहरी चौकी पेल्टिमारीबाट खटिएको टोलीले विश्वकर्मालाई पक्राउ गरेको हो। उनलाई पनि जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया