धरानमा ब्राउन सुगरसहित एक जना पक्राउ

बुधबार, २० चैत्र २०८१
सुनसरी : सुनसरीको धरान उपमहानगरपालिका-११ बानडाँडाबाट ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ४८ वर्षीय बिर बहादुर भुजेललाई पक्राउ गरेको हो। प्रहरीले भुजेलको घर कोठामा कानुनी प्रक्रिया अनुसार खानतलासी गर्दा प्लास्टिकमा राखिएका ३१ पोका लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला परेको थियो। मान्यता प्राप्त डिजिटल तराजुमा नापतौल गर्दा ती लागूऔषधको तौल प्लास्टिकसहित ६.४२ ग्राम रहेको थियो भने प्लास्टिक बाहेक ३.६६ ग्राम लागूऔषध रहेको प्रहरीले जनाएको छ । प्रहरीले भुजेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार