काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई गैरकानुनी रुपले बर्खास्त गरिएको भन्दै कुलमान घिसिङले दायर गरिएको रिटमा सुनुवाइ जारी रहेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा हिजो (मंगलबार) सुनुवाइ भएको थियो । उक्त मुद्दाको सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो । आज पनि सो मुद्दामा सुनुवाइ सुरु भएको छ ।
घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनर्स्थापनाको माग गरेका छन् । प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि आफ्नो पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै निवेदन दिएका थिए ।
सो निवेदनमाथि पनि लगाउमा राखेर सुनुवाइ भइरहेको छ ।
उक्त मुद्दामा आज सुनुवाइ सकिएर आदेश आउने सम्भावना रहेको बताइएको छ । कुलमानको मागबमोजिम आदेश भएमा उनी पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनेछन् ।
प्रतिक्रिया