पार्टी कार्यालयमा राप्रपा सांसद बोहराको अन्तिम श्रद्धाञ्जली

बुधबार, २० चैत्र २०८१
काठमाडौं । मंगलबार निधनभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । बुधबार पार्टी कार्यालयमाउनको पार्थिव शरीर राखी अन्तिम श्रद्धाञ्जली गरिएको हो । बोहराको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ । लामो समयदेखि आवाजको थेरापी गराउँदै आएका बोहराको मंगलबार बिहान निधन भएको हो । राप्रपाका नेता बोहराको शव मंगलबार उनको गृहजिल्ला रुपन्देही लगिएको थियो । त्यहाँको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि काठमाडौं ल्याइएको हो । नेता बोहरा २०७९ सालको चुनावमा रुपन्देही क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । राप्रपाले बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार