काठमाडौं । यही चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा जिउँदै घरभित्र जलाएर हत्या गरिएका एभिन्यूजकर्मी सुरेश रजकको पोस्टमार्टम सकिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज अपराह्न ३ बजे उनको पोस्टमार्टम सम्पन्न भएको हो । पोस्टमार्टमअघि उनको एक्स रे गरिएको थियो । पोस्टमार्टमपछि प्रक्रिया अघि बढाइएको थियो, तर पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।
एभिन्यूजकर्मी रजकको आजै साँझ शोभा भगवतीमा अन्त्येष्टि गरिनेछ ।
दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि भएको आन्दोलनमा समाचार संकलन गर्न गएका बेला रजकको तीनकुनेस्थित एक स्थानीयको घरमा आगलागी हुँदा निधन भएको थियो ।
प्रतिक्रिया