विराटनगर । विराटनगरमा सीटी सफारीमा छुटेको नगद र मोबाइल फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।
विराटनगर महानगरपालिका–३ की सीता खड्काले यात्राका क्रममा सीटी सफारीमा नगदसहितको झोला र मोबाइल छाडेकी थिइन् ।
विराटनगरको भट्टा चोकबाट फागुन १६ गते प्र १–०२–००३ ह ६०९० नम्बरको सफारी चढेर उनी विराटनगरको शनिमन्दिर गएकी थिइन् । तर, १ लाख रूपैयाँ नगद र आईफोन मोबाइल राखिएको झोला सफारीमै छुट्यो ।
खोजतलासका लागि खड्काले जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएकी थिइन् । वराटनगर–१ स्थित सफारी चालकको घरमा नगद र मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीको भनाइ छ ।
पारेको १ लाख, आईफोन र झोला बुधबार सम्बन्धित धनीलाई बुझाइएको उनले बताए ।
प्रतिक्रिया