काठमाडौं : काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग माफी मागेका छन्।
बिहीबार कार्यकारी अधिकृत गुरागाईंलाई कार्यालय छिर्न नदिन मेयर बालेन शाहको निर्देशनपछि नगरप्रहरी प्रमुख पाण्डेले उनीमाथि कडाइ गरेका थिए। तर, वडाध्यक्षहरूको सहयोगमा गुरागाईं कार्यालय छिर्न सफल भएपछि पाण्डे विवादमा परेका थिए।
शुक्रबार पाण्डेले गुरागाईंलाई भेटेर बिहीबारको घटनाका लागि माफी मागेको स्रोतको दाबी छ। उनले आफूले मेयरको आदेश पालना मात्र गरेको र कुनै व्यक्तिगत द्वेष नरहेको स्पष्ट पार्दै गुरागाईंसमक्ष क्षमायाचन गरेका हुन्।
तर, माफी मागेको भन्ने समाचारबारे पाण्डेले अस्वीकार गरेका छन्। उनले गुरागाईंलाई भेटेको स्विकारे तापनि माफी नमागेको दाबी गरेका छन्। ‘मैले आदेशको पालना मात्रै गरेको हुँ, माफी मागेको छैन,’ उनले स्पष्ट पारे।
महानगर प्रहरी ऐन २०८० अनुसार, प्रमुख प्रशासकीय अधिकृतलाई नगरप्रहरी नायव उपरीक्षकभन्दा माथिका प्रहरी अधिकारीमाथि कारबाही गर्ने अधिकार छ। यही कारण पाण्डेले सम्भावित कारबाहीको डरले गुरागाईंलाई भेटेको चर्चा चलेको छ।
प्रतिक्रिया