तीनकुने घटनाबारे आईजी थापाले भने - दुर्गा प्रसाईं स्टेप बाइ स्टेप भागेको देखिन्छ

शुक्रबार, २२ चैत्र २०८१
काठमाडौं । नेपाल प्रहरीका आईजी दिपक थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भएको जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे ब्रिफिङ गर्दै महानिरीक्षक थापाले यस्तो बताएका हुन् । उनका अनुसार सो घटनामा राज्यविरुद्धको अपराधमा २० जना र आपराधिक उपद्रव अन्तर्गत ५८ जनालाई मुद्दा चलाएको बताए । थापाले भने,‘मुल समात्नका लागि गृहमन्त्रीज्यूसँगको सहकार्यमा कुन कसुरमा हो भनेर हेर्दैछौं, जो मान्छे आपराधिक कार्य गर्छ उसले गिरफ्तारी दिँदैन । हामीले त्यही दिन रातभरी पनि टेक्निकल्ली र म्यानुअल्ली रातभर हेर्‍यौं । स्टेप बाइ स्टेप भागेको देखिन्छ । उहाँ (दुर्गा प्रसाईं) विरुद्ध पनि जाहेरी दर्ता भएर खोजी भइरहेको छ।' उनले प्रसाईंलाई कति दिनमा समात्न सकिन्छ भन्ने यकिन नभएको पनि बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार