काठमाडौँ । हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने तिब्बत घर तथा भारत सुजा– ३ जोगिन्दर नगर मडी ठेगाना भएकी चिनियाँ नागरिक २६ वर्षीया रिक्से वाङमोलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका–२७ महाबौद्धमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी उनलाई नगद २० लाख ९२ हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौँबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया