आगलागी पीडित परिवारलाई पहिलो पाईलाको सहयोग

शुक्रबार, २२ चैत्र २०८१
सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा नगरपालिका ७ स्थित गए राती भएको आगलागी पीडित परिवारलाई पहिलो पाईला नेपालले राहत सामाग्री उपलब्ध गराएको छ । शुक्रवार संस्थाका केन्द्रीय कार्यसमिति सह–सचिव मिलन लुइँटेल सहितको सुन्दरहरैंचा कार्यसमितिको टोलीले परिवारलाई खाद्यान्नका साथै सिरक डसना लगायतका सामग्री र नगद समेत हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण गर्दै केन्द्रीय सह सचिव लुइँटेलले विपद्को समयमा समेत पहिलो पाईला एकसाथ रहेको र संस्थाले सहयोग प्रदान गरेको जानकारी गराए । शाखाका अध्यक्ष टिकाराम घिमिरेले शाखाले पहिलो पाईला नेपालको अभियानका कार्यक्रमहरूलाई निरन्तरताका साथै अगाडि बढाएर स्थापित शाखाका रूपमा सुन्दरहरैंचालाई समाजसँग जोडेको प्रस्ट पारेका छन् । सुन्दरहरैंचा ७ स्थित धुर्व दाहालको घरमा गए राती भएको आगलागीका कारण परिवार सन्नाटामा छाएको छ । दाहालले चोटको वेला प्राप्त सहयोगप्रति सम्मान प्रकट गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार