यस्ता छन् नेपाल र थाइल्याण्ड सरकार बिच भएका सम्झौताहरू

शनिबार, २३ चैत्र २०८१
काठमाडौँ । नेपाल र थाइल्याण्डबीच आपसी सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । थाइल्यान्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र थाइल्याण्ड सरकारबिच  दुई वटा सरकारी तथा छ वटा निजी क्षेत्रसम्बन्धी सहमति गरिएको बताएका छन् । यस्ता छन् नेपाल सरकार र थाइल्याण्ड सरकारबिच भएका सम्झौताहरू १. पर्यटन क्षेत्रमा  सहयोग सम्बन्धी सम्झौता २ . सांस्कृतिक सहयोग सम्बन्धी सम्झौता निजी क्षेत्रसम्बन्धी भएका सहमति १. नेपाल उद्योग वाणिज्य महासङ्घ र बोर्ड अफ ट्रेड, थाइल्याण्ड २. नेपाल चेम्बर अफ कमर्स, पर्यटन तथा संस्कृति प्रवर्धन समिति एवम् थाइल्याण्ड पर्यटन काउन्सिल ३. नेपाल उद्योग महासङ्घ र थाइ उद्योग महासङ्घ ४. काठमाण्डौं विश्वविद्यालय र सियाम विश्वविद्यालय ५. जनता एग्रो तथा फोरेष्ट्री लिमिटेड र कासेचार्ट विश्वविद्यालय ६. नेपाल नेत्र ज्योति सङ्घ र माहिडोल विश्वविद्यालय ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार