भारतीय एम्बुलेन्समा अवैध ट्रामाडोल क्याप्सुल बरामद, चार पक्राउ

शनिबार, २३ चैत्र २०८१
काठमाडौँ । शनिवार ललितपुर भट्टे डाँडाको चेकपोस्टमा खटिएका प्रहरी टोलीले भारतीय एम्बुलेन्समा ठुलो परिमाणमा अवैध लागू औषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ । शनिवार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बीआर०५पिआर०४२१ नम्बरको भारतीय एम्बुलेन्समा ९४ हजार ८० थान क्याप्सुलसहित तीन थान मोबाइल बरामद गरिएको हो । प्रहरीले भारतका २० वर्षीय समीर आलम, ३३ वर्षका मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षका नोजन खातुन र २२ वर्षका मोहम्मद उमर सिद्धिकीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । प्रहरीले आवश्यक कारबाहीको लागि प्रहरी वृत्त चापागाउँ ललितपुरमा दाखिला गराएको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार