व्यवसाय धरापमा पर्नु भनेको राज्य धरापमा पर्नु हो : मन्त्री भण्डारी

शनिबार, २३ चैत्र २०८१
काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जब व्यवसाय  फस्टाउँछ तब मात्र राज्य फस्टाउने बताएका छन् । शनिवार नेपाल हिमालय सीमा पार वाणिज्य सङ्घको २५औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती समुद्घाटन समारोहमा बोल्दै मन्त्री  भण्डारीले वस्तुभन्दा जनशक्ति निर्यात राज्यलाई स्वीकार्य नभएको र त्यो रोक्नका लागि उद्योग, व्यवसाय बढाउनुपर्ने बताएका हुन् । उनले भने, ‘व्यवसाय  धरापमा पर्नु भनेको राज्य धरापमा पर्नु हो । जब व्यवसाय  फस्टाउँछ तब मात्र राज्य फस्टाउने हो । राज्य र व्यवसायबिचको बुझाइ सत्तामा हुँदा एउटा र सत्ता बाहिर जाँदा फरक हुने गरेको देखिन्छ । राजनीतिको यस्तो एउटा नियती नै बनेको छ । व्यवसायीलाई हेर्ने दृष्टिकोण, उद्योगीलाई हेर्ने दृष्टिकोणमा अहिले पनि विभिन्न खालका भ्रान्तिहरू छन् ।  वस्तु भन्दा जनशक्ति निर्यात राज्यलाई स्वीकार्य छ । त्यो रोक्नका लागि उद्योग जोगाउनुपर्छ, व्यवसाय बढाउनुपर्छ ।’ साथै उनले जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुने बताए । उनले उद्योग भएन, व्यवसाय भएन भने रोजगारी कहाँबाट सिर्जना हुन्छ भन्दै प्रश्न गरे । उनले भने, ‘जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुन्छ । अर्थतन्त्रका शंङ्कुचन आएको छ । यसो भनिरहँदा उद्योगीसँग मिलेको दलाल मन्त्री भनेर पनि भन्न भ्याउँछन् । उद्योग भएन, व्यवसाय भएन भने रोजगारी कहाँबाट सिर्जना हुन्छ ? यहाँको व्यवसायले जब मुनाफा कमाउँछ । त्यसपछि पो रोजगारी सिर्जना हुने हो । ’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार