आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा. शेखर कोइराला

आइतबार, २४ चैत्र २०८१
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनर शिक्षक तथा कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेपछि डा. कोइरालाको यस्तो प्रतिक्रिया आएको हो । ‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन् । सरकार र महासङ्घ बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु,’ डा.कोइरालाले सामाजिक संजालमार्फत भनेका छन् । महासंघले आइतबार बिहान विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार