आज प्रतिनिधिसभा अन्तरगतका तीन समितिको बैठक बस्दै

सोमबार, २५ चैत्र २०८१
काठमाडौं : प्रतिनिधि सभा अन्तरगत आज तीन समितिको बैठक बस्ने भएको छ । सोमबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठकमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दै छ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आ.व. २०८०-८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको ३ बजे बसिने छ । यसैगरि, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक विहान १० बजे बस्ने छ । बैठकमा मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सम्वन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार