सात सय रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार, २५ चैत्र २०८१
काठमाडौं :" नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँही महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो । आज सोमबार सात सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । भइरहेको छ । त्यस्तै चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । आइतरबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार