झापा : झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल गौरादहमा बसोबास गर्दै आएका ५४ वर्षीय दूधकुमार लावती रहेका छन्।
स्थानीय गोमनाथ चेम्जुङको खेती अधिया गरी बस्दै आएका लावतीलाई आज बिहान करिब ७ बजे खाजा खाने क्रममा भान्सा कोठामा चट्याङ लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट पुगेको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको जनाएको छ।
प्रतिक्रिया