प्रकाश तिम्सिना
इटहरी । विराटनगर, धरान जस्ता ठुला शहरको बीचमा हुर्कदै गरेको इटहरी एकाएक ति शहर सगँ प्रतिष्पर्धा गर्ने सक्ने भयो । त्यति मात्रै हैन ति शहर भन्दा इटहरी अहिले अगाडी बढीरहेको छ ।
यसको मुख्यकारण हो सडक पुर्वाधार । पुर्वपश्चिम राजमार्ग तथा उत्तर दक्षिण राजमार्गले इटहरीलाई सामाजिक, आर्थिक, जनसंख्या जस्ता शहरमा हुनु पर्ने मापदण्डलाई सहयोग गर्याे । आजभन्दा ६१ वर्ष अघि अर्थात् २०१९ साल बैशाख १ गतेबाट निमार्ण सुरु भएको पुर्वपश्चिम राजमार्गले पुर्वलाई राजधानी काठमाण्डौं सगँको दुरी समेत नजिक बनायो । त्यसको लाभकै कारण इटहरीले आफुँलाई चिनाउने र अहिलको अबस्थामा ल्याउन ठुलो सहयोग गर्याे ।
समय फेरिएसगैं उक्त सडकमा सवारीसाधनको चापबड्न थाल्यो । उक्त राजमार्गलाई सविस्तार गर्न अहिले दुई लेन सडकलाई चार लेन गर्ने तयारी भईरहेको छ । तर चार लेनको सडक निर्माण हुने भने इटहरीले विगतका दिनमा सडक संरचनाबाट जुन लाभ लिएको थियो । अब बन्ने सडकबाट गुमाउने प्रष्ट देखिएको छ ।
झापाको काँकडभिट्टा देखि सुनसरीको लौकही सम्म निर्माण हुन लागेको ९६ किलोमिटर सडकले अन्य शहरीलाई सकारात्मक असर पारेपनि इटहरीमा भने यसले नकारात्मक असर पार्ने देखिएको छ । अन्तराष्ट्रिय मापदण्डमा बन्नलागेको सडकले इटहरीको टेङ्ग्राखोला देखि पश्चिम लाइनको खेतीखोला सम्म दुवै तर्फ वाल उठाएर निर्माण हुन लागेको हो ।
इटहरीलाई के कारणले हानी गर्छ ।
टेङ्ग्रा खोलादेखि पश्चिम खेतीखोला सम्म करिब पाँच सय मिटर लामो बाँध बन्नेछ । बाँध दुर्व तर्फ वाल उठाएर बाँध माथिबाट सडक जानेछ । बिचमा कोशी राजमार्गको लागि पुल बनाइनेछ । जसबाट उत्तर दक्षिण सवारी सहजै पास हुनेछन् । बाँध बनाए पनि पाँच सय मिटर भित्र मानिस तथा सवारी साधनओहोरदोहोर गर्न मिल्ने गरी बिचबिचमा पुल समेत बनाइनेछ । तर त्यो बाँधले इटहरीलाई उत्तर र दक्षिण गरी दुई भागमा विभाजन गर्नेछ ।जसले बर्षेनी डुबानको समस्या भोग्दै आएको इटहरीलाई डुबानको दिर्घकालीन समस्या बन्न सक्नेछ ।
त्यतिमात्रै हैन यहाँको व्यापार व्यवशाय र सौन्दर्यिकरणमा प्रत्यक्ष देखिने आशंका गरिएको छ । त्यसका साथै सौन्दर्यीकरणमा क्षती समेत हुने देखिन्छ भने फ्लाइओभर बन्दा फ्लाइओभरको तल बिच भागमा उपलब्ध हुने खाली भागमा पार्किङ गर्न सकिने सम्भावना समेत सिद्धिनेछ ।
हाइवेको अहिले ठेक्का लाग्न लागेको संरचनाले इटहरीलाई आर्थिक क्षति हुने भन्दै इटहरी उपमहानगरले आयोजनालाई डिजाइन परिमार्जन गर्न आग्रह गरेको थियो । तर आयोजनाले धेरै लगानीलाग्ने भन्दै परिमार्जन गर्न असम्भव रहेको पत्र पठाएको छ ।
उपमहानगरका इन्जिनियर जीवन घिमिरेले आयोजनालाई पुनः सडकको डिजाइन गर्न पत्र पठाएको बताए । तर आयोजनाले त्यसरी आकाशेपुलबनाएर लगे धेरै लगानी लाग्ने भएकाले त्यो असम्भब रहेको पत्र पठाएको घिमिरेले बताए ।
यता आयोजनाका सहनिर्देशक राकेश महर्जनले पुरानो डिजाइन अनुसार सडक संरचना तयार हुने बताए । उनले आकाशे पुलनिर्माण गर्दा लगानी धेरै लाग्ने भन्दै असम्भव रहेको समेत स्पष्ट पारे । हामीले एसियाली विकास बैंकको सहयोगमा सडक विस्तार गर्न लागेकाहौं । महर्जनले भने ‘इटहरी उपमहानगरले स्काई बृजकालागिपत्र पठाएको थियो हामीले पुरानो डिजाइन अनुसार काम गर्छाै नयाँमोडलमा गर्दा धेरै लगानी आउँछ ।’
यस्तो बन्नेछ, योजना
एसियाली विकास बैकको ३६ अर्ब लगानीमा आयोजनाले ठेक्का आह्वान गरेको छ ।आयोजना सह निर्देशक राकेश महर्जनका अनुसार सडक विस्तार कार्यलाई तीन खण्डमा विभाजन गरेर निर्माणका लागि ठेक्काआह्वानगरिएको छ, जसमा यस सडक खण्डमा पर्ने ६ वटा पुलनिर्माण समेत रहेको छ। यसको पहिलो खण्डमा निन्दाब्रिज, बिरिङ ब्रिज र कन्काई ब्रिज प्रमुख पुलहरु रहेका छन्। यस्तै, दोस्रो खण्डमा रतुवाब्रिज, बक्राब्रिज र लोहेन्द्र ब्रिज निर्माणका लागिपनि ठेक्का आह्वान गरिएको छ ।
आयोजनाका अनुसार यो सडक विस्तार कार्य तीन वर्षमा सम्पन्न हुने बताइएको छ । तर हाल सम्म नेपाल सरकारले एसियाली विकास बैंकसगँ ऋण सम्झौता गरेको छैन । यदि चालु आर्थिक वर्ष भित्र सम्झौता गरे आगामी वर्षबाट काम सुरु हुने सह निर्देशक महर्जनले जानकारी दिए । सडक निर्माण तिन वर्षमा सक्ने लक्ष्य राखिए पनि पुलनिर्माणका लागि भने पाँचवर्ष समयावधि छुट्याइएको छ । त्यसपछिको थप २४ महिना सम्म मर्मत सम्भारको जिम्मा पनि निर्माण कम्पनीले लिनुपर्नेछ।
यस सडक विस्तारमा पर्ने सम्पूर्ण जग्गा सरकारी नै भएकाले अधिग्रहण तथा मुआब्जा वितरणको झन्झट आयोजनाले व्यहोर्नु पर्ने छैन । ९६ किलोमिटर सडक निर्माणमा आवसीय संरचना ४४, आवसीय सह व्यावसाहिक संरचना १५१ वटा र बाँकी १५ वटा गाई गोठ, वाल लगायतका २९७ संरचना हट्ने आयोजनाले जनाएको छ । यि संरचना हटाउन ३ करोड रकम लाग्ने समेत आयोजनाले बताएको छ ।
सडकको चौडाई २४ मिटरदेखि ५० मिटरसम्महुनेछ। सडकको अधिकार क्षेत्र (राइट अफ वे) केन्द्र भागबाट २५–२५ मिटर हुने छ। लत्काल ६ ओटा ठुला पुलनिर्माण गर्न लागेपनि आबश्यकता परे विचमा अन्य साना पुल बन्नेछन् ।
यो सडक खण्ड आयोजना कोशी प्रदेशका मुख्य तराईका ठुला जिल्ला झापा, मोरङ र सुनसरी जिल्लामा पर्नेछ। यस आयोजनाबाट १२ वटा नगरपालिका, चारवटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वडा प्रभावित हुने जनाइएको छ ।
काँकडभिट्टा–लौकही राजमार्गले ७१ खोलाहरु पार गर्नुपर्नेछ। ती सबैमा पुलहरु निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ। जसमा ३९ आरसीसी टी–बीमपुल, २३ आरसीसी स्ल्याबपुल, दुईवटा बक्स पुल, सातवटा भेन्टेड पाइपब्रिजहरु रहेका छन्। सर्भिस रोड पनिदुवै साइटमा निर्माण गरिनेछ। शहरी क्षेत्रमा भने साइकल लेन, फुटपाथ तथा आकाशे पुल वा अन्डरपास पनि निर्माण हुनेछ।
जनावरहरुको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ ब्रिज, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथाअफ रोड सेफ्टीहरु निर्माण हुनेछन्। सहरी क्षेत्रमा क्यारिज–वे चार लेनको दुवैपट्टी७.५÷७.५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टी ५.५०÷५.५० मिटरको निर्माण गरिनेछ। यस्तै सर्भिस लेन सडकको दुवैतिर ६.५०÷६.५० मिटरको रहेको छ। शहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ।
यस्तै, ६ वटा पुलभने ल्यान्डमार्क ब्रिजका रुपमा निर्माण हुने बताइएको छ। यीपुलको लम्बाई ३१८ मिटरदेखि ७०३ मिटर सम्म हुनेछ। जसमा निन्दाब्रिज ३१८ मिटर, बिरिङ ब्रिज ३९८ मिटर, कन्काई ब्रिज, ७०३ मिटर, रतुवाब्रिज ५८२ मिटर, बक्राब्रिज ३१८ र लोहेन्द्राब्रिज ३८४ मिटर लम्बाईको हुनेछन्।
यसैगरी, सडक खण्डमा आकाशेपुल १० र साना खालका अन्डरपास २० वटा निर्माण हुने जनाइएको छ । स्न २०२३ मा काम सुरु भएर २०२६ मा काम सम्पन्न हुनेछ । यस सडक परियोजनाबाट १२ लाखभन्दा बढी मानिसहरु लाभान्वित हुनेछन्।
सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेन सहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकडभिट्टादेखि इटहरीसम्म सुरु हुनेछ ।
तीन सय मिटर भन्दा लामो पुल रहेको छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् । तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जङ्गल भएको क्षेत्रमा २४ मिटर, अर्ध सहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्य बजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ ।
आयोजनाले काँकडभिट्टा, इट्टभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायतकानौ वटा घनाबस्ती भएको स्थानमा आकाशे पुल र अन्डर पास निर्माण गरिने जनाइएको छ ।
Discussion about this post