काठमाडौं । प्रतिनिधिसभा सदस्य सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैदेशिक रोजगारमा गएका नेपालीहरुको समस्यामा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
विदेशमा रहँदा ब्यहोर्नुपर्ने समस्याहरुमा सहजीकरण गरी उनीहरुको उद्धार, रिहाइ, र सुरक्षाको कामलाई सरकारले प्राथमिकता दिनुपर्ने सांसद कार्कीले बताएका हुन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै उनले मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा गएकाहरूको महत्वपूर्ण योगदान रहेको भन्दै उनीहरुको समस्यामा सरकार चुप लागेर बस्नु नहुने बताए ।
विभिन्न देशका जेलहरूमा १ हजारभन्दा बढी नेपाली रहेको तथ्यांक सार्वजनिक हुँदा सरकार यसप्रति संवेदनशील हुनुपर्नेमा उनले जोड दिए ।
गत वर्षको रेमिट्यान्सले हेर्ने हो भने १० खर्व ७ अर्व रुपैया स्वदेशमा भित्रिएको भन्दै उनले अर्थतन्त्रमा बैदेशिक रोजगारीमा गएका नेपालीले ठूलो योगदान रहेको चर्चा गरे ।
Discussion about this post