इलाम । जिल्ला अदालत इलामको आफ्नो भवन नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको छ । साँगुरो कोठा भएको घरमा कार्यालय सञ्चालन गर्दा न्याय सम्पादनमा समस्या हुने गरेको हाल जिल्ला समन्वय समितिको पाहुना घरबाट कार्यालय सञ्चालन भइरहेको छ ।
जिल्ला अदालत इलामको आफ्नो भवन नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको छ । असहज अवस्थामा नै लामो समयदेखि काम गरिरहनु परेको जिल्ला अदालत इलामका श्रेस्तेदार फडिन्द्रराज भट्टराईले बताए ।
हाल जिल्ला अदालत इलाम जिल्ला समन्वय समिति इलामको पाहुना घरमा सञ्चालित छ । जिल्ला समन्वय समितिलाई मासिक ४१ हजार तिरेर कार्यालय सञ्चालन गरिएको छ । कार्यालयमा ३५ जनाको दरवन्दी रहेको छ । तर हाल सञ्चालित कार्यालयमा आठवटा मात्र कोठा रहेको श्रेस्तेदार भट्टराईले बताए ।
हाल सञ्चालित कार्यालयमा थुनुवा राख्ने ठाउँ समेत नहुँदा समस्या भएको छ । सेवाग्राही बस्ने ठाउँ समेत नभएको बताइएको छ । कर्मचारी बस्ने फाँट नभएको, इजलास समेत साँगुरो रहेको जनाइएको छ । आवश्यक फर्निचर समेत राख्ने ठाउँ पर्याप्त छैन ।
जिल्ला अदालत इलाम ७६ सालदेखी भाडामा बस्दै आएको छ । त्यस अघि उच्उ अदालतकै भवनमा रहेको थियो । त्यसपछि उच्च अदालतलाई नै भनव साँगुरो भएपछि भाडामा बस्न बाध्य हुनु परेको थियो ।
इजलास र चेम्बर नहुँदा समस्या भएको भन्दै पटक पटक डेलिगेशन गएपनि कहिँ कतैबाट समस्या समाधानमा पहल नभएको उच्च अदालत बार एशोसिएसन इलामका अध्यक्ष उत्तम पौडेलको भनाई छ । साँगुरो कोठा भएकै कारण कानुन ब्यवसायी र न्यायाधिस बिच कानुनका बिषयमा छलफल गर्न नपाइएको उनले बताए ।
बहस गर्न नै समस्या भएपछि माथिल्लो निकायमा पटक पटक जानकारी गराइए पनि कहिँबाट सुनुवाई नभएको बताइएको छ । उच्च अदालत इलाम इजलास र उच्च अदालतबाट समेत भवन निर्माणका लागि निर्णय भएर पठाइएको छ । हाल अर्थ मन्त्रालयमा गएर फाइल रोकिएको बताइएको छ । आवश्यक रकम विनियोजनका लागि अर्थ मन्त्रालयमा फाइल पुगेकाले चाँडै काम हुने श्रेस्तेदार भट्टराईको भनाई छ ।
इलाम नगरपालिका ६ पिपलबोटे (लोकसेवा आयोग छेउ) जग्गा खोजेर निर्णय सहित पठाइएको छ । कार्यालयलाई आवश्यक पर्ने छ रोपनी एक दाम जमिन फेला परेपछि निर्णय गरेर पठाइएको जनाइएको छ ।
Discussion about this post