विराटनगर । पहिचानवादी आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’को शव अन्त्येष्टिका लागि मोरङको बेलबारीतर्फ लगिएको छ ।
विराटनगरमा श्रद्धाञ्जली सभा गरेपछि शवलाई दाहसंस्कारका लागि ‘लाजेहाङ’ को घर रहेको स्थान बेलबारीतर्फ लगिएको हो ।
शव लैजानुअघि विराटनगरको महेन्द्र चोकमा शवसहित श्रद्धाञ्जलीसभा गरिएको थियो । सभालाई पहिचानवादी नेताहरुले सम्बोधन गरेका थिए ।
रोडशेष चोकमा गर्ने भनिएको श्रद्धाञ्जलीसभा स्थान परिवर्तन गरेर महेन्द्र चोकमा आयोजना गरिएको हो ।
सुरक्षाकर्मीसँग झडप भएपछि स्थान परिवर्तन गरेर लगभग १ किलोमिटर उत्तरमा रहेको महेन्द्र चोकमा सारिएको थियो । ‘
लाजेहाङ’को शवयात्राका क्रममा आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीसँग दोहोरो झडप भएको थियो ।
पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने र प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलित छन् ।
Discussion about this post