इटहरी । मोरङका मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकाका कर्मचारीबीच मिक्लाजुङमा भएको मैत्रीपूर्ण फुटबल खेलमा मिक्लाजुङ गाउँपालिका विजयी बनेको छ ।
मिक्लाजुङ गाउँपालिका वडा ७ मा रहेको रेशम खेतीको खेल मैदानमा शुक्रबार भएको खेलमा मिक्लाजुङले लेटाङलाई ३–१ अन्तरले हरायो ।
मिक्लाजुङका लागि सुनील माखीम, सागर राई र मिलन राईले एक–एक गोल गरे । लेटाङका बलबहादुर राईले एक गोल गरेका थिए ।
खेलको उद्घाटन मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुुमार राईले खेलका एम्पायर सायल राईलाई बल दिएर गरेका थिए ।
Discussion about this post