विराटनगर । मोरङको उर्लाबारी र मिक्लाजुङमा ४ र ३ वर्षका नाबालिका बलात्कृत भएका छन् ।
प्रहरीका अनुसार दुवै घटनामा पारिवारिक नाता सम्बन्धभित्रकै व्यक्तिको संलग्नता पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट ३ वर्षीयालाई बलात्कार गरिएको घटनामा १२ वर्षका बालक संलग्न रहेको खुलेको छ ।
उनका अनुसार नाबालिका बलात्कारमा काका र दाजुको संलग्नता पाइएको छ ।
उर्लाबारी नगरपालिका–७ मा ४ वर्षकी नाबालिका शुक्रबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ ।
पीडितका अभिभावक मोरङको कटहरी गाउँपालिका–३ घर भइ उर्लाबारी–७ मा डेरा बस्दै आएका थिए । नाबालिकालाई उनकै १९ वर्षीय काकाले बलात्कार गरेको प्रहरीको अनुसन्धानले पत्ता लगाएको छ ।
सँगै सुत्ने भन्दै काकाले राति बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ । पीडितले आमालाई सुनाएपछि घटनाबारे खुलेको थियो ।
भतिजीलाई बलात्कार गर्ने काकालाई प्रहरीले पक्राउ गरेको छ ।
अर्को घटना मिक्लाजुङ गाउँपालिका–४ मा भएको हो । बिहीबार साँझ ३ वर्षीया नाबालिका बलात्कृत भएको जानकारी प्रहरीले भोलिपल्ट जानकारी पाएको थियो ।
दलित समुदायकी नाबालिकालाई उनकै ठूलो बुवाका छोराले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडक १२ वर्षका हुन् ।
प्रहरीले नाबालिका बहिनीलाई बलात्कार गर्ने १२ वर्षीय बालकलाई उनकै घरबाट नियन्त्रणमा लिएको छ ।
पीडितलाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ ।
घटनामा संलग्न पीडकहरु विरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
Discussion about this post