काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताएका छन् ।
शनिबार नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्ट करण भइसकेको उल्लेख गर्दै दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरुपी हावा बगिरहेको बताए ।
वैचारिक ढंगले अग्रगामी सोचका बिरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको बताउँदै पूर्व प्रधानमन्त्री भट्टराईले देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरूको उदय हुनु भनेको राम्रो संकेत नरहेको बताए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति लामिछानेप्रति इंगित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरू राजनीतिमा आइरहेको समेत बताए । उनले सभापति लामिछानेले रातारात जादु गर्छु जस्तो गरी अभिव्यक्ति दिइरहेको भन्दै चटके मानिसहरूको बारेमा समाजे बेलैमा बुझ्न जरुरी रहेको बताए ।
उनले नयाँ पार्टीहरूले ठूलो प्रतिक्रान्तिको आधार तयार पारिरहेको उल्लेख गरे ।
उनले भने, ‘यो संविधान र हाम्रो लोकतन्त्र आधा गिलास भरिएको आधा गिलास खाली हो । अब हामीले गर्ने के हो भने यो आधा गिलासलाई जोगाउने हो । अब आधा गिलास पनि रिस उठेर घोप्टाउँछु भन्न थाल्नुभयो भने हेर्नुहोला के भइरहेको छ अहिले । पुराना शक्तिले त गरी खाँदै खाँदैनन् । हाम्रै पनि एउटा ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्ट करण भइसकेको छ । हामी केही मान्छे बल्लतल्ल बच्ने कोसिस गरिरहेका छौँ । देश गम्भीर ढंगले प्रतिगमनतिर जाँदै छ । दक्षिणतिर हेर्नुहोस् जुन हावा बगिरहेको छ ।, बडो डरलाग्दो प्रतिगामी हावा बगिरहेको छ । झट्ट हेर्दा त नदेखिन सक्छ । तर वैचारिक ढंगले अग्रगामी सोचका विरुद्धमा हावा बगिरहेको छ, बिस्तारै यहाँ पनि छिर्दैछ । त्यो बहुत डरलाग्दो छ । यो देश भित्र पनि विभिन्न ढंगले शक्तिहरूको जुन उदय भइरहेको छ, त्यो एउटा पपुलिजमको रूपमा कुनै विचारधारा छैन, सिद्धान्त छैन, यत्रा गम्भीर समस्याहरू छन् । त्यसको कुनै विश्लेषण छैन । तर त्यत्तिकै म आएपछि चकाचक गरिदिन्छु, भनेर मान्छे आएर उफ्रिन्छ, गरिब जनता विदेशतिर पलायन भएका जनता त्यसलाई नै ताली पिट्छन् रु के त्यो जादुगर हो रु यस्ता चटके, जसको सिद्धान्त कुनै छैन, तर जनतामा असन्तुष्टि देखाउन नेतालाई गाली गर्ने, सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्नेछन् । यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ । त्यसैले बेलैमा सबै आरोप प्रत्यारोपमा भन्दा छलफल गरौँ ।
पूर्व प्रधानमन्त्री भट्टराईले माक्सले बनाएका विचारहरूको धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न जरुरी रहेको समेत तर्क गरे ।
Discussion about this post