धरान । कोसी प्रदेशमा नै सबैभन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबास रहेको क्षेत्र धरानबाट लालपुर्जाको निस्सा वितरण कार्य सुरु भएको छ ।
धरानको वडा नं. ५ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जाका निस्सा वितरण कार्य सुरु भएको हो । वडाका निसनडाँडा, कागुने, जरायल र देवीगाँउका स्थानीयलाई निस्सा वितरण गरिएको वडाध्यक्ष मनप्रसाद लिम्बूले जानकारी दिएका छन् । आजबाट सुरु भएको निस्सा वितरण कार्य २० गतेसम्म रहने वडाध्यक्ष लिम्बूले जानकारी दिए ।
त्यस्तै धरानका १३ र १६ नं. वडामा पनि निस्ता वितरण कार्य भइरहेको राष्ट्रिय भूमि आयोगका इकाई प्रमुख वेद प्रसाद सापकोटाले बताए । सापकोटाका अनुसार धरानमा नापी कार्यको समेत थालनी भएको छ । धरान १३ स्थित राई टोल र ओशो पार्कमा नापीको कार्य थालनी गरिएको सापकोटाले जानकारी दिए ।
कोसी प्रदेश साँसद् रमेशकुमार बस्नेतको प्रमुख अतित्थ्यतामा भूमि आयोग सुनसरीका अध्यक्ष भगिराज खत्वे लगायतकाले उपस्थितमा निस्सा वितरण कार्य सुरु भएको हो ।
Discussion about this post