सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ ।
मेयर साम्पाङ बुधबार प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालसहित बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई भेट्न पुगेका थिए । छलफलमा धरान उपमहानगरपालिकाका मेयर राईले बराहक्षेत्रका मेयर कार्कीलाई चतरास्थित सप्तकोसीको पानी धरान ल्याउने विषयमा औपचारिक रूपमा पत्रसहित सहयोगको लागि आग्रह गरेका थिए ।
बराहक्षेत्रका मेयर कार्कीले पनि धरान उपमहानगरसँग खानेपानीसँगै अन्य पुर्वाधार विकासको काममा सहकार्य र समन्वय गर्न तयार रहेको बताएका छन् । मेयर कार्कीले धरान उपमहानगरपालिकाको योजनालाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पानीसहित फोहोर व्यवस्थापन, सडक पूर्वाधार, धार्मिक स्थलको विकास लगाएका विषयमा सहकार्य गर्नेगरी छलफल गरिएको थियो ।
Discussion about this post