विराटनगर । मोरङको कानेपोखरीमा करेन्ट लागेर बुधबार राति शारीरिक रूपमा अशक्त पुरुषको मृत्यु भएको छ ।
इलाका प्रहरी पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार विद्युतको तार मुखमा लगाउँदा कानेपोखरी गाउँपालिका–२ ओझाका ४० वर्षीय भुटाई केवरतको मृत्यु भएको हो ।
घरमै राति ८ः३० बजेतिर करेन्ट लाग्दा केवरतको घटनास्थलमै मृत्यु भएको थियो । विद्युत प्रवाह भइरहेको नांगो तार मुखमा लगाउँदा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
शवलाई पोस्मार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको छ ।
स्थानीयका अनुसार सुस्त मनस्थितिका मृतक केवरत शारीरिक रूपमा अशक्त पनि थिए ।
Discussion about this post