धरान । धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईका समर्थकहरूले धरानका पूर्व जनप्रतिनिधिहरूले भ्रष्टाचार गरेको भन्दै त्यसको छानबिन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
आफूमाथि भ्रष्टाचारको आरोप लगाएपछि फेसबुकमा स्टाटस लेख्दै मेन्याङ्बोले प्रमाणित गर्न चुनौती दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन् ‘मेयर हर्कका केही झोलेहरुले मेरो सम्पत्ति छानबिनको माग राखेका रहेछन्ु म चुनौती दिन चाहन्छु मेरो सम्पतिमा सार्वजनिक पद धारण गरेर र सामाजिक सेवाका नाममा पद प्रतिष्ठा र हैसियतको दुरुपयोग गरी भ्रष्टाचार गरेको एक रुपियाँ मात्र प्रमाणित गरेर देखाउ !’
Discussion about this post