इटहरी । श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएर पाँचथरका एक पुरुषले आत्महत्या गरेका छन् ।
पाँचथरको फालेलुङ गाउँपालिका ६ दबाई पानी बस्ने ५६ वर्षीय शान्तकुमार राई र श्रीमती ५० वर्षीया बिमरानी राईबीच घरायसी बिबाद भएको थियो ।
प्रहरीका अनुसार त्यस क्रममा शान्तकुमारले श्रीमतीलाई खुकुरीले टाउकामा प्रहार गरेका थिए ।
उनलाई उपचारका लागि झापातर्फ पठाइएको थियो । शान्तकुमार घर आगाडि रहेको टोटलाको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा जनाएको छ ।
Discussion about this post