विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–२ मा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
१–०२–००१ ख ८६८४ नम्बरको टिपरले मे ४ प ६८६५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको रंगेली नगरपालिका–८ का ३५ वर्षीय सुरेश दाहालको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनील श्रेष्ठले बताए ।
ठक्करपछि घाइते दाहाललाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए ।
चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का ३४ वर्षीय फिलाराज सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Discussion about this post