इलाम । धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले इलामको सन्दकपुर ५ जमुनास्थित गौरेश्वर शिवालय मन्दिरमा सोमबार बहुधार्मिक यज्ञ सुरु भएको छ ।
ढापपोखरी, गजाधर धनमया रंगशाला र मन्दिरको एकसाथ प्रवर्द्धन गरिरहेका स्थानीयले धार्मिक अनुष्ठानवाट यस क्षेत्रको थप प्रचार गर्दै मन्दिरको निर्माण कार्यलाई पूर्णता दिने र अक्षय कोष निर्माण गर्ने लक्ष लिएका छन् ।
वैशाख २६ गतेसम्म सञ्चालन हुने महायज्ञको इलाम १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद महेश बस्नेतले उद्घाटन गरे ।
कार्यक्रम सुरु हुन अघि कलश यात्रा निकालिएको थियो । कलश यात्रा साङ छोलिङ बौद्ध गुम्वा हुँदै किरात मन्दिरको फन्को लगाएर यज्ञ स्थल पुगेको थियो ।
उद्घाटन मन्तव्यका क्रममा वस्नेतले धर्मलाई समय अनुकूल बनाउँदै अथाह ज्ञानको भण्डार रहेको पूर्वीय दर्शनलाई सवैले मनन गर्नु पर्ने वताए ।
कार्यक्रममा प्रमुख वाचक बाल योगेश्वर विजयमूर्ती, बौद्ध धर्मगुरु लोपेन साङ्गे लेम्देन लामा भुपेन, सन्दकपुर गाउ“पालिकाका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली, सन्दकपुर १ का वडाध्यक्ष रहर राई, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, पत्रकार महासंघका पूर्व अध्यक्ष उमेश गुरुङ, स्थानीय भरत थेवेलगायतले मन्तव्य राखेका थिए ।
महायज्ञमा हिन्दु, बौद्ध र किराँत धर्मगुरुहरुले प्रवचन दिने छन् । यज्ञको माध्यमवाट सामाजिक सद्भाव बढाउदै जमुनालाई धार्मिक पर्यटकीय गन्तव्यकोरुपमा विकास गर्ने योजना रहेको महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक विष्णु भट्टराईले वताए ।
इलाम सदरमुकामवाट २५ किलोमिटर उत्तरमा रहेको जमुनामा हाँगेथाम, ऐतिहासिक गुम्वा, काँडेभ्याकुर, रेडपाण्डा जस्ता जंगली जनावारको वासस्थान, विभिन्न धर्मालम्विहरुका तीर्थस्थल लगायत अनेकन प्राकृतिक सौन्दर्यताले भरिएका स्थान रहेकाले पनि धार्मिक पर्यटनमा जोड दिन यो अभियान थालिएको मन्दिर निर्माण समितिका अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका सचिव प्रदिप भट्टराईले वताए ।
बाल योगेश्वर विजयमूर्ती मूख्य वाचक रहेको अनुष्ठानमा बौद्ध धर्मगुरु लोपेन साङ्गे लेम्देन लामा भुपेन र किरा“त धर्म गुरुहरुको प्रवचन रहने छ ।
जिल्लाभित्र र वाहिरवाट भक्तजनको वाक्लो उपस्थिति गराउन आयोजकले प्रचार अभियान तीव्र बनाएको आयोजक समितिका सदस्य टंकमणि भट्टराईले जानकारी दिए ।
Discussion about this post