धरान । धरान उपमहानगरपालिकाको न्यायिक समितिमा ‘नगर प्रमुख र कार्यपालिका सदस्य’ हरुबीच विवाद भइ बैठक हुन नसकेको भन्दै सहजीकरण गरिदनका लागि न्यायिक समितिमा उजुरी परेको छ ।
धरान–१३ का वडाबासीले न्यायिक समितिमा उजुरी दर्ता गराएका छन् ।
धरान–१३ का घनश्याम तिमल्सिनाले उजुरी दर्ता गरेको बताउँदै तत्काल धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्नुपर्ने बताए ।
उनले धरानको आगामी वर्षको बजेट प्रभावित हुने भन्दै त्यसले सम्पूर्ण धरानलाई नै नोक्सानी हुने अवस्था आएको बताए ।
उजुरीमा ‘धरानको विकासको नेतृत्व गर्न पठाएका नेतृत्व नै विवादमा फसेकोले धरान अनिर्णयको बन्दी भएको’ भनिएको छ ।
सहमति र समझदारी धरानबाट मात्र सम्भव नभए संघ वा प्रदेशको मध्यस्थतामा सहमति गराई सबैलाई मान्य हुने आचार संहिता निर्माण गरी धरान नगरलाई सहजतातर्फ अगाडि बढाउन उजुरीमा भनिएको छ ।
Discussion about this post