विराटनगर । झापाको चन्द्रगढीबाट बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका यात्रीबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ ।
शंका लागेर जाँच गर्दा मकवानपुरको हेटौडा १ घर भई झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशीको साथबाट ब्राउन सुगर ७६ ग्राम ३४० मिलिग्राम बरामद गरेको हो ।
सोनी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ सँगै काठमाडौं जान लागेकामा दुवैलाई पक्राउ गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।
Discussion about this post