विराटनगर । झापामा भएका बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ ।
झापाको मेचीनगर नगरपालिका ४ मा केमुनाको रुखबाट लडेर भारतको आसाम घर भएका ३५ वर्षीय कुमार तामाङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाकै भद्रपुर ५ की ४० वर्षीया जसोदा रायको घर नजिकै मे१च ३३६८ नम्बर गाडीबाट ओर्लने क्रममा चिप्लिएर लड्दा मृत्यु भएको छ ।
लडेर नाक र टाउकोमा चोट लागेर घाइते भएकी उनलाई प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।
उपचारका क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post