५ औँ बराहक्षेत्र प्याब्सन खेलकुद सप्ताह २०७९ अन्तर्गत आइतबार हुने माध्यमिक तहको फाइनल खेलमा सिर्द्धार्थ मेमोरियल इङलिस स्कुल र बराह राईजिङ्ग स्टार इङलिस बीच भिडन्त हुने भएको छ। यस्तै आधारभुत बिधालय तर्फ आइरिस बराह एकेडेमी बराहक्षेत्र १ चतरा र पिसुपुल इङलिस स्कुल बराहक्षेत्र ५ बीच हुने भएको छ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहाको खेलमैदानमा आयोजना भएको प्रतियोगितामा आज भएको माध्यमिक तर्फको अन्तिम सेमिफाइनल खेलमा सिर्द्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ कालाबन्जार र स्काई इङलिस स्कुल नडाहा बीच भएको खेलमा खेलभर दुबै टिमबाट गोलरहित बराबर भएपछि खेल टाइब्रेकरको माध्यम बाट खेलको नतिजा सिर्द्धार्थ मेमोरियल इङलिस स्कुल फाइनल पुगेको हो।
आजै भएको दोस्रो खेलमा बराह राइजिङ्ग स्टार इङलिस र सुनसरी गार्डेन एकेडेमी बीच भएको खेल २(३ गोलको अन्तरले बराह राइजिङ्ग स्टार इङलिस फाइनल प्रवेश गरेको प्याब्सन अध्यक्ष कृष्ण तामाङले बताए ।
मंसिर १७ गतेदेखि २५ गतेसम्म संचालन हुने प्रतियोगितामा आधारभुत र माध्यमिक तर्फ प्रथम हुनेले २० हजार दोस्रो हुनेले१५ हजार सहित मेडल ट्रफी प्रमाणपत्र समेत पाउनेछन् ।
Discussion about this post