काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कानुनले काम गर्दा राजनीति चुप बस्नुपर्ने बताएका छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगीमा राजनीतिक नेतृत्व मुछिएको विषयमा सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘राजनीतिले काम गर्दा कानुनले खबरदारी गर्न सक्छ । तर कानुनले काम गरेको बेला राजनीति चुप बस्नुपर्छ । मेरो दल, मेरो नेता भन्न पाइन्नँ ।’
यो अमुक दल वा नेताको विषय नभएको भन्दै उनले सम्बन्धित निकायले छानबिन गर्ने बताए ।
यो बेला राजनीतिक दलहरुले निर्दोष नपरुन, दोषीलाई कानुनी कारबाही गर्नुपर्छ भनेर मात्र भन्नुपर्ने महामन्त्री शर्माले बताए ।
Discussion about this post