काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरिएकाे छ ।
सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
Discussion about this post