काठमाडौं । अब वैदेशिक रोजागरीमा गएकाले थप एउटा मोबाइल ल्याएर नेपाल आउन पाउने भएको छ । त्यसरी ल्याइएको मोबाइलमा एमडीएमएस व्यवस्था पनि लागु गर्ने सरकारले निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एकथान मोबाइल फोन ल्याउन पाउनेछन् ।
यस्तै सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ ।
सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरेको पनि प्रवक्ता शर्माले जानकारी दिइन् ।
उनले ढल्केवर-वाणगंगा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको पनि जनाइन् ।
प्रवक्ता शर्माका अनुसार ई-समिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागीका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने सरकारले निर्णय गरेको छ ।
Discussion about this post