झापा । नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् ।
अध्यक्षका तीनजना उम्मेद्वारमध्ये भट्टराई ६६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी राजेन्द्र गौतमले ५२ मत प्राप्त गरेका थिए । अर्का उम्मेद्वार मनकुमार शर्माले एक मत प्राप्त गरेका थिए ।
उपाध्यक्षद्वयमा इश्वर अधिकारी र सविना लिम्बू चयन भएका छन् । सचिवमा अर्जुन राजवंशी, सहसचिवमा जशोदा राजवंशी र कोषाध्यक्षमा ओम प्रकाश भट्टराई सर्वसम्वत भएका हुन् ।
सदस्यमा अनुषा चुडाल, विष्णु श्रेष्ठ, जोष्ना श्रेष्ठ, तुलसी प्रसाद निरौला, देवेन्द्र प्रसाई, विष्णुप्रसाद पौडेल, रञ्जित परियार, युवराज रेग्मी, कौशल भण्डारी, शान्ति सुब्बा, रणदेव हजाम, लतु वास्के र पोषराज कटुवाल चयन भए ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा भएको युनियनको दशौं अधिवेशमा चारजना पत्रकारलाई पुरस्कृत गरिएको थियो । संस्थाका निर्वतमान अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
पुरस्कृत हुने पत्रकारहरुमा खगेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कारबाट दमकका पत्रकार विष्णु सुब्बा, खगेन्द्र कार्की स्मृति प्रोत्साहन पुरस्कारबाट बिर्तामोडका अर्जुन राजवंशी, टंक प्रसाद रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कारबाट वेणुप्रसाद अधिकारी र रमादेवी टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कारबाट लीला अनमोल छन् ।
उनीहरुलाई नगद सहित पुरस्कृत गरिएको हो । पुरस्कृत प्रतिभाको घोषणा लोकराज ढकालले गरेका थिए ।
युनियन झापाका पूर्वअध्यक्ष स्व.डिकमान विरहीलाई मरणोपरान्त सम्मानित गरिएको थियो । त्यस्तै पूर्वअध्यक्षहरु लोकराज ढकाल, गोविन्दचन्द्र क्षेत्री, भीम नेम्वाङ, कृष्ण हुमागाई र युनियनका पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाललाई सम्मान गरिएको थियो ।
युनियन शाखा अध्यक्ष इन्दू पूर्वेलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई, युनियनका केन्द्रीय उपमहासचिव तथा केन्द्रीय प्रतिनिधि अभयकुमार राई, युनियन केन्द्रीय सचिव रेजिना गौतम, कोशी प्रदेश अध्यक्ष मीनकुमार श्रेष्ठ नवोदित, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लगाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन स्वस्तिका आचार्यले आचार्य गरेकी थिइन् ।
Discussion about this post