विराटनगर । भ्रष्टाचारको विरोध गर्दै युवाहरुले विराटनगरको सडकमा अर्धनग्न भएर आइतबार प्रदर्शन गरेका छन् ।
ट्राफिक चोकमा भेला भएका युवाहरुले कम्मरदेखि माथिको कपडा खोलेर प्रदर्शन गरे ।
अर्धनग्न भएर सडकमा उत्रिएका युवाले सबै राजनीतिक दलका नेताको सम्पत्ति छानबिन हुनुपर्ने मागसमेत गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई राजनीतिक आडमा उन्मुक्ति दिन हुने भन्दै युवाहरुले सरकारको ध्यानआकर्षणसमेत गराएका छन् ।
देशको शासन प्रणालीलाई नियमसंगत ढंगबाट सञ्चालन गर्नुपर्ने उनीहरुको माग छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण बाहिर आएसँगै यतिबेला भ्रष्टाचारविरुद्ध मुलुकभर प्रदर्शन र विरोध भइरहेको छ ।
विभिन्न शैली अपनाएर विरोध गर्ने क्रम तीव्र बनेको छ ।
Discussion about this post