धरान । धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुखहरुले मेयर हर्कराज राई (साम्पाङ) सच्चिनुपर्ने धारणा राखेका छन् ।
पूर्व नगर प्रमुख मनोकुमार मेन्याङ्बोले आफ्नो १० वर्षे कार्यकाल स्मरण गर्दै कुनै पनि बैठकमा वादविवाद नभएको बताए ।
उनले भने, ‘‘हामी मिलेर बजेट निर्माण गथ्र्यौं, कार्यक्रम बनाउँदा सर्वसम्तिबाट बनाउँथ्यौं ।’
पूर्वनगरप्रमुख जति सबैलाई भ्रष्टाचारी देख्ने मेयर साम्पाङ आफैँले चलाएको अभियानमा अनियमितता भइरहेको उनले बताए ।
उनले भने ‘लाखौँ लाख आर्थिक सहयोग र जिन्सी सहयोग आउने कामको पारदर्शिता हुनुपर्दैन ? उहाँले १ वर्षदेखि निरन्तर अभियानमा श्रमदान गरिरहेका श्रमिकको लगाव सलामयोग्य भएको भन्दै श्रमदान स्थल अहिले भ्युज बटुल्न जाने, रमाइलो गर्ने र जोडाजोडी जाने स्थल बनेको बताए ।
नेपाल पत्रकार महासंघ सुनसरीले आयोजना गरेको प्रेस स्वतन्त्रता हननविरुद्ध पूर्व नगर प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्ने सबै वक्ताले धरानका मेयर साम्पाङ सच्चिनुपर्ने बताएका थिए ।
पूर्वनगर प्रमुख बम देवानले आफु नगर प्रमुख हुँदा पनि पत्रकारहरुले खबरदारी र आलोचना गरेको स्मरण गर्दै आफूलाई त्यसबाट शिक्षा मिलेको र समयमा नै सच्चिन पाएको बताए ।
अर्का पूर्व नगर प्रमुख कुमार कार्कीले हर्क साम्पाङ उचाईबाट तल तल झर्दै गएको बताउदै साम्पाङको स्थिति नर्मल भन्दा एबनर्भल भएको धारणा राखे ।
हर्क साम्पाङको व्यवहारको कारण पत्रकार, वडाध्यक्ष, संघसंस्था लगायतले दुःख पाएको कार्कीले बताए ।
निवर्तमान नगर प्रमुख तिलक राईले प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्ने जिम्मेवारी स्थानीय सरकारको भएको बताए । उनले आफूले नगरपालिकाबाट पत्रकारको वृत्तिविकासका लागि बजेट व्यवस्थापन गरेर काम गरेको तर अहिले पत्रकारको अपमान गर्ने काम भइरहेको भन्दै यस्तो काम दुःखदायी भएको बताए ।
Discussion about this post