काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कांग्रेस सहरकेन्द्रित भएको आरोप लगाएका छन्। बुधबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले पूर्वप्रधानमन्त्री स्व. गिरिजप्रसाद काेइराला रहुन्जेलसम्म गाउँ-गाउँमा पुगेर पार्टीका कुराहरू बुझ्ने प्रचलन भए पनि अहिले बिस्तारै हराउँदै गएको बताए। उनले अहिले केन्द्रिय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको पनि बताए।
प्रथम राष्ट्रपति यादवले भने, ‘कांग्रेस सहर केन्द्रित मात्रै भयो। गिरिजाप्रसाद कोइरालाहरू गाउँ केन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला जिल्लामा जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो। पहिला केन्द्रीय समितिमा ३०-३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ। कमसेकम आधालाई जिल्ला-जिल्लामा खटाइदिएको कम्तिमा एउटामा दुई जना पुग्थे।’
उनले अरू पार्टीहरूले मिसन ग्रासरुट गरिरहँदा कांग्रेस भने सहरमा मात्रै केन्द्रित भइरहेकाे पनि बताए।
Discussion about this post