इटहरी । इटहरी उद्योग वाणिज्य संघको आयोजनामा भएको रक्तदान कार्यक्रममा २२८ पिन्ट रगत संकलन भएको छ ।
आज बुधबार उद्योग वाणिज्य संघको आयोजना तथा अन्य २७ वटा संस्थाको आयोजनामा भएको कार्यक्रममा २२८ पिन्ट रगत संकलन भएको हो ।
रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सुरक्षाकर्मी, व्यवसायी, विभिन्न उमेर समूहका व्यक्तिले रक्तदान गरेका थिए ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले अस्पतालमा रगत कम भएको गुनासो आउन थालेपछि मानव सेवाका रुपमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उनले उपचाररत बिरामीलाई रगत कमि नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानरका कार्यबाहक नगर प्रमुख दिवस पोख्रेलले यस्ता कार्यक्रम आयोजना गर्नुले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।
उनले अस्पतालमा रगतको कमीले छटपटाउनु परेका बेला सहज रुपले रगत पाउन ब्यबस्था मिलाउने उद्योग वाणिज्य संघलाई धन्यवाद दिए ।
उनले अन्य सरकारी तथा निजि संघसंस्थाले पनि यस्ता कार्यक्रममा समय समयमा गर्नु पर्नेमा जोड दिए । जम्मा भएको रगत धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको छ ।
Discussion about this post