झापा । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा दुई जनाको उम्मेद्वारी परेको छ ।
जेठ १५ गते हुने निर्वाचनका लागि मेघराज वास्तोला र देवेन्द्र सिटौलाको उम्मेद्वारी परेको हो । नेपाली कांग्रेस र राप्रपाले लोकतान्त्रिक– राष्ट्रवादी समूह खडा गरी अध्यक्ष पदका लागि वास्तोलाको नेतृत्वमा उम्मेद्वारी दर्ता गराएका हुन् । नेकपा एमाले र माओवादी केन्द्रले स्वतन्त्र–प्रगतिशील प्यानल घोषणा गर्दै अध्यक्षमा सिटौलालाई अघि सारेका छन् ।
उपाध्यक्ष पदमा शैलेन्द्र सिटौला र प्रदीप खरेलको उम्मेद्वारी परेको छ । त्यस्तै सचिवमा पासरमणि मैनाली र विष्णु प्रसाद चुडालको उम्मेद्वारी परेको छ ।
यता कोषाध्यक्ष पदका लागि शारदा रिजाल, केशव कुमार श्रेष्ठ र विनिता कुमारी राजवंशीको उम्मेद्वारी परेको छ ।
खुल्ला सदस्यमा आनन्द गुरुङ, खगेन्द्र कुमार थापा, योगेश शर्मा, बलराम सिटौला (राम) सुनिल शिवाकोटी, छत्र वहादुर श्रेष्ठको उम्मेद्वारी परेको छ ।
महिला पदका लागि मायादेवी प्रधान, वालादेवी खरेल, कमला अग्रवाल, खगमाया सिलवाल (सीमा)पुनम अधिकारी लिम्बू र तारा देवी राईको उम्मेद्वारी परेको निर्वाचन अधिकृत खगेन्द्र खरेलले जानकारी दिए ।
निर्वाचनबाट ४ जना पदाधिकारीहरु र ५ जना सदस्यहरु गरी नौ सदस्यीय कार्य समिति चयन गरिने निर्वाचन समितिका सदस्य केशव भट्टराईले जानकारी दिए ।
निर्वाचनमा उम्मेद्वारहरुको अन्तिम नामावली जेठ ९ गते प्रकाशन गरिने भएको छ भने मतदान जेठ १५ गते विहान ८ वजेदेखि हुने जनाइएको छ ।
Discussion about this post